वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीकाे मृत्यु भएकाे छ। तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामी बिहीबार बिहान मृतअवस्था भेटिएको परिवारले जनाएको छ।
धामी एक होटल नजिकै मृत फेला परेका थिए। मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताए। घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन्। धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन्।
छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताए। मृतकको शव नेपाल ल्याउनको लागि पहल शुरु गरिएको छ।