दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मणबहादुर खत्रीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर २३ मा सबारी साधनले ठक्कर दिएर घाइते बनाएपछि उपचारका लागि अस्पताल पुर्याइएकोमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। उनी इन्टरगल सर्भिसेज कम्पनीमा कार्यरत थिए।
नेपाली दुताबास कुवेतका द्धितीय सचिब ज्ञानबहादुर मगरका अनुसार केही समय अघिमात्र उनी उक्त कम्पनी छोडी अबैधानिक रुपमा काम गर्दै आएका थिए। मगरका अनुसार इस्को कम्पनीले मृतक खत्री बिरुद्ध गत नोभेम्बर ३ मा कम्पनी छोडेर भागेको भगुवा मुद्दा दायर गरिएको देखिन्छ।
तर पनि दुताबासले मृतकको शब नेपाल पठाउने कानुनी प्रकृया अघि बढाएको छ। शब पठाउन लाग्ने पैसा र मृतकले पाउन बाँकी रकमको लागि ऊक्त कम्पनीमा अनुरोध गरिएको दुताबासको भनाई छ।
कम्पनीले पैसा नदिएमा नेपाली समुदाय कुवेतसंग शब पठाउनको लागि आर्थिक सहयोगको लागि अनुरोध गरिने बताउदै मगरले भने‘खत्रीको सडक दुर्घटनाको कारण मृत्यु भएकोले मृतकको परिवारसंग मन्जुरी नामा लिएर परिवारले पाउन सक्ने सडक दुर्घटना बिमाको लागि पनि दुताबासले आबश्यक कानुनी सहयोग गर्ने छ।