रत्ननगर –८ चितवन नर्कटिया घर भई कुवेतको एसके कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षीय जीवन महताे (चौधरी)को ह्रदयघातका कारण कुवेतमा मृत्यु भएको छ।
एउटै कम्पनीमा कार्यरत सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीसंग काम गर्ने साइटमा बिहान ६ः३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथीहरुसंग कुराकानी गर्दै गर्दा एक्कासी भुुईमा ढलेका थिए। तत्कालै अस्पताल लगिएको भए पनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो।
रक्तचाप र सुगरका बिरामी चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन गर्दैनथे। छट्टीमा घर गएका उनी महिनाअघि फर्केका थिए। मृतक चौधरीका १ छोरा, १ छोरी र श्रीमती छन्।
नेपाली राजदुतावास कुवेतका द्धितीय सचिब ज्ञानबहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरी मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल शुरु भइसकेको छ।