कुनै खानाले हाम्रो शरीरमा ग्यास अर्थात एसिडिटी उत्पन्न गर्नसक्छ। स्वस्थ खानाबाट पनि एसिडिटीको समस्या हुने भएकाले खाना बनाउने तरिकामा केही परिवर्तन ल्याउन सके यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।
दालः प्रोटिनले भरिपूर्ण दालले स्वास्थ्यलाई दुरुस्त राख्न सहयोग गर्छ। बिरामी हुँदा पनि चिकित्सकले दाल, भात एवं रोटी खाने सल्लाह दिन्छन्। यद्यपी दालले पनि एसिडिटी बढाउन सक्छ। पकाउनुभन्दा केही समयअघि पानीमा भिजाउँदा दालको एसिडिटी बढाउने समस्या कम हुन्छ।
पानीः धैरै पानी पिउँदा फाइदाजनक हुन् भन्ने सोचेका हुन्छन्। तर, एकैपटक धेरै पानी पिउँदा एसिडिटीको समस्या उत्पन्न हुन सक्छ। यस्तो समस्या भएकाहरुले थोरै थोरै गरेर बिस्तारै पिउनु पर्दछ।
दूधः बिहान ब्रेकफास्टसँग दूध पिउँदा एसिडिटीको समस्या उत्पन्न हुन्छ भन्ने मानिन्छ। त्यसैले एसिडिटी भएकाहरुले खाली दूध मात्र पिउनु हुँदैन। दूधमा बेसार, अदुवा तथा थोरै चिनी वा मह हालेर पिउनु राम्रो हुन्छ। यसरी पिउँदा पूरा पोषण मिल्छ र एसिडिटी पनि उत्पन्न हुन पाउँदैन।
फलफूलः स्वास्थ्यका लागि एकदमै उपयोगी फलफूलहरुले पनि एसिडिटी बढाउन सक्छन्। केही फलफूलमा सुगरको मात्रा बढी हुने भएकाले यस्तो समस्या उत्पन्न हुन्छ। स्याउ, अंगुर आदिमा सार्बिटोल नामक सुगर पाइन्छ, जसले एसिडिटी बढाउँछ।
लसुन–प्याजः वैज्ञानिक हिसाबले मानिसहरु प्याज र लसुनको सेवन फाइदाजनक छ भनेर धेरै सेवन गर्छन्। यसले क्यान्सरको जोखिम पनि कम गर्छ। क्यान्सर भएपछि प्याज तथा लसुनको सेवन बढाउन सुझाव दिइन्छ। लसुन र प्याज धेरैका लागि फाइदाजनक भएपनि धेरैका लागि यो एसिडिटी बढाउने कारण मानिन्छ।