मानिसको शरीरमा सुुगरको मात्रा बढी हुनु हानिकारक मानिन्छ। यतिमात्र नभइ ब्लड सुगर कम हुनु पनि खतरा मानिन्छ । सुगर अथवा ग्लुकोज शरीरका लागि इनर्जीको मुख्य स्रोत हो । यो सुगर रगतको सहाराले शरीरका विभिन्न अंगमा पुग्छ । यसको अर्थ हाम्रो शरीरका लागि सुगर पनि आवश्यक हुन्छ । तर यसको मात्रा ठीक्क हुनुपर्छ ।
ब्लड सुगर कम हुने स्थितिलाई हाइपोग्लाइसेमिया भनिन्छ । न्युन ब्लड सुगरका कारण मिर्गौलामा समस्या, हेपाटाइटिस, कलेजोको समस्या, मानसिक सन्तुलन गुमाउने, बेचैनी, रिंगटा लाग्नेजस्ता समस्या देखिन्छ ।
यो हो कम ब्लड सुगरको संकेत
अत्यधिक भोक लाग्नुु
यदि खाना खाएपछि पनि पेट खाली भएको या अचानक बढी भोक लागेको महसुस हुन्छ भने शरीरलाई बढी ग्लुकोज आवश्यक भएको संकेत हुन सक्छ ।
निद्रा नलाग्नु
निद्रा नलाग्नुको अर्को कारण हाइपोग्लाइसेमिया पनि हुन सक्छ । यदि राती पसिना आउछ, सपना देखिन्छ, वेचैनी हुन्छ भने लो ब्लड सुगरको संकेत हुन सक्छ ।
अचानक मुड बदलिनु
अचानक मुड बदलिनु पनि शरीरमा सुगर लेभल कम भएको संकेत हुन सक्छ । यदि आफ्नो व्यवहारमा अचानक परिवर्तन आएको या बेचैनी महसुस भएको लाग्छ भने ग्लुकोजको कमीका कारणले हुन सक्छ ।
अँध्यारो देखिनु
अँध्यारो देखिनु शरीरमा ग्लुकोज कम भएको पहिलो र सामान्य संकेत हुन सक्छ । लामो समय भोकै बस्दा शरीरमा ग्लुकोज कम हुन सक्छ र रिंगटा लाग्छ । यस्तो अवस्थामा केही क्षण भएपनि अँध्यारो देखिन्छ ।
सुगरको स्रोत चिनीका अलावा दैनिक खाने बेकरी उत्पादन, पेय पदार्थ र प्रशोधित खाद्यपदार्थ हुन् ।
अमेरिकन डाइबिटिज एशोसियसनका अनुसार स्वस्थ पुरुषले एक दिनमा ३७.५ग्राम या ९ चम्चा र स्वस्थ महिलाले एक दिनमा २५ ग्राम या ६चम्चाभन्दा बढी चिनी खानु हुँदैंन ।