जंक फुड छाड्दाको असर ड्रग्स छाडेको जस्तै हुने एक अध्ययनले देखाएको छ ।
अमेरिकाको मिशिगन विश्वविद्यालयले गरेको एक अनुसन्धानका क्रममा यस्तो नतिजा आएको हो । रिपोर्टमा भनिएको छ ‘यदि कुनै व्यक्तिले अचानक फास्ट फुड खान छाडेमा उसलाई कम्तिमा एक हप्ता सम्म थकान महसुस गर्छ, त्यसैगरी डिप्रेशन तथा टाउँको दुख्ने समस्याको सामना गर्नुपर्छ ।’
यो लक्षण ड्रग्स छाडेका ब्यक्तिमा पनि मिल्ने अनुसन्धानका क्रममा पत्ता लागेको हो । तर कुनै व्यक्तिले कम्तिमा ५ दिन जंक फुड खान छाडेमा पुरै छाड्न सक्ने पनि अनुसन्धानको रिपोर्टमा देखाइएको छ ।
अध्ययन अनुसार फ्याट अर्थात बोसो युक्त खानाले दिमागलाई लतको शिकार बनाउँछ । त्यसैले यसलाई छोड्नु भनेको ड्रग्स छाडेको जस्तो हो । २१३ जनामा गरिएको अध्ययन अनुसार मानिसलाई नुन र चिनी खान धेरै मन लाग्छ । जुन जंक फुडमा मात्रा बढी हुन्छ ।
त्यसैले मानिसले जंक फुड बढी रुचाउने गरको पाइएको छ । यदि जंक फुड धेरै खाए मोटोपनाको समस्या हुने पनि जनाइएको छ ।