नेपालमा स्तन र खाना नलीको क्यान्सर रोगसम्बन्धि अन्तराष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। अमेरिकास्थित विश्व प्रसिद्ध येल न्यू हेभन अस्पताल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोगको निदानबारे विस्तृत जानकारी गराउन आजदेखि ३ दिने सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा अमेरिकाको विश्व प्रसिद्ध एल न्यू हेभन अस्पतालकाबाट ७ सदस्यीय विशेषज्ञहरुको टोली सहभागी भएका छन। सम्मेलनमा नेपालका क्यान्सर रोग विशेषज्ञहरुको उल्लेख्य सहभागिता रहेको छ । स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुःखाई व्यवस्थापनलगायतका उपचारबारे विशेषज्ञहरुबीच वृहत अन्तरक्रिया एवम् छलफल हुने दावी गरिएको छ ।
ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको सम्मेलन नेपालमा स्तन र खाना नलीमा हुने क्यान्सर रोग निदानका विषयमा छलफल हुने नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले जानकारी दिए।