लेजो शरीरको महत्वपूर्ण अंगमध्ये एक हो । पेटभित्र रहेको यो सानो अंगले मानिसलाई जीवित र स्वस्थ राख्न महत्वपूर्ण भूमिका निभाउँछ। यसले खानामा रहेको सबै पोषक तत्व जस्तै भिटामिन, खनिज, एन्टीअक्सिडेन्टलाई अलग गर्छ र शरीरको आवश्यकताअनुसार यसलाई अलग–अलग अंगमा पुर्याउँछ।
रगतमा रहेको विषालु तत्वलाई बाहिर निकाल्ने काम पनि कलेजोको हो । यस्तो महत्वपूर्ण कलेजो खराब भयो भने कयौ गम्भीर समस्या उत्पन्न हुन सक्छ । कयौं यस्ता चिज छन्, जसले कलेजोलाई नोक्सान पुर्याउँछन् । स्वस्थ रहनका लागि यस्ता चिजबाट बच्नुपर्छ ।
विना सल्लाह औषधि सेवन
केही औषधिहरुको बढी प्रयोग कलेजोका लागि खतरनाक साबित हुन सक्छन् । यदि सामान्य दुखाईमा डाक्टरको सल्लाहविनै पेनकिलर खाने बानी छ भने त्यसले कलेजो र मिर्गौलालाई नोक्सान पुर्याउँछ । यसका अलावा मानिसहरु फिट रहन र तौल कम गर्न आकर्षक विज्ञापनको भर परेर औषधि खान्छन्, यस्ताले पनि कलेजोलाई नोक्सान पुर्याउँछ ।
सोडा र कोल्ड ड्रिंक
कोल्ड ड्रिंक र सोडामा चिनीको मात्रा अत्यधिक हुन्छ । यसले तौल त बढाउँछ नै, कलेजोका लागि पनि खतरनाक हुन्छ । लामो समयसम्म सोडा र कोल्ड ड्रिक सेवन गर्नाले कलेजोमा क्षति पुर्याउँन सक्छ । यस्तो खतरा बढी मोटा मानिसलाई बढी हुन्छ । यसका साथै बच्चालाई पनि कोल्ड ड्रिक सेवनबाट बचाउनुपर्छ ।
मोटोपना खतरनाक
मोटापना शरीरका लागि खतरनाक हुन्छ । आवश्यकताभन्दा बढी खानाले शरीरमा थप चिल्लो जम्मा हुन्छ, जो स्टोरिङ सेलबाट बाहिर आएर कलेजोमा जम्मा हुन थाल्छ । यसबाट कलेजो बिग्रन थाल्छ । लिभर फ्याटी हुनाले मुटु र क्यान्सर हुने सम्भावना हुन्छ । यसले आफ्नो खानपान र शारीरिक अभ्यासमा ध्यान दिनुपर्छ ।
हेपाटाइटिस
हेपाटाइटिसका कारण कलेजो प्रभावित हुन्छ र कलेजो सुन्निन थाल्छ । यदि सही समयमा हेपाटाइटिसको उपचार गरिएन भने यसले गम्भीर रुप धारण गरेर फाइब्रोसिस अथवा लिभर क्यान्सरसम्मको रुप लिन सक्छ । रक्सी, खराब पानी र अटो इम्युन डिजिजका कारण हेपाटाइटिसको खतरा हुन्छ ।
आनुवंशिक रोग
आनुवंशिक रोगबाट पनि कलेजो प्रभावित हुन सक्छ । जस्तो हेमोक्रोम्याटोसिस एक यस्तो रोग हो, जो शरीरमा आइरन बढी हुनाले उत्पन्न हुन्छ र यो रोगका कारण लिभर सिरोसिसको खतरा बढ्छ । यसका अलावा विल्सन डिजिज, , रगत संक्रमणजस्ताका कारण कलेजो प्रभावित हुन सक्छ ।
निद्राको कमीका कारण
निद्राको कमीले यस्ता समस्या सिर्जना गरिरहेको हुन्छ, जसबारे हामीलाई थाहै हुँदैन । जर्नल अफ एनाटोमीमा प्रकाशित एकअध्ययनअनुसार निद्राको कमीले कलेजोमा अधिक दबाब पर्छ । कलेजोका साथै शरीरका अन्य अंग ठीक राख्न पनि दिनमा ८ घन्टा सुत्नु आवश्यक छ ।
चुरोट र रक्सीको लत
चुरोट सेवनको बानीले शरीरलाई अनेक तरहले नोक्सान पुर्याएको हुन्छ । चुरोटको धुँवामा पाइने विषालु रसायन पेटदेखि कलेजोसम्म पुग्छ र कलेजोका कोषलाई नोक्सान पुर्याउँछ । रक्सीमा कलेजोका लागि कम प्रभावशाली विष पाइन्छ । त्यसैले बढी मदिरा सेवन गर्ने मानिसमा कलेजो खराब हुने सम्भावना हुन्छ ।