आज विश्व वाथ रोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।
यसै अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले आज विहानै र्याली निकालेको छ। अल्का अस्पतालबाट सुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेलहुदैँ पुनः अल्का अस्पताल आएर टुंगिएको थियो।
पछिल्लो समयमा बाथ रोगको विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँ नयाँ औषधि र उपचार पद्दतीहरु आइसकेको बिज्ञहरुले बताएका छन् ।
यो रोगको उपचारपछि ९५% निको हुने सम्भावना रहन्छ भने कति त शतप्रतिशत नै निको हुने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले जानकारी दिए । बाथ भनेको यो नेपाली भाषामा बुझाउने एक किसिमको रोग हो। बाथलाई अङ्ग्रेजीमा आथ्र्राइटिस भन्ने गरिन्छ । तराईतीर यसलाई गठिया पनि भन्ने गरिन्छ।
बाथ रोग लागेमा शरिरको कुनै पनि हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्छ । यसले हाडजोर्नी बाहेक शरिरको कुनै पनि भित्रीअंग जस्तै मुटु, मृगौला, फोक्सो, टाउको (मस्तिस्क), कलेजो लगायतका शरिरका अंगलाई असर गर्छ ।
यस रोगलाई हेर्ने चिकित्सकलाई र्हूमाटोलोजिस्ट भन्ने गरिन्छ । बाथ पनि एउटै किसिमको हुदैन, सयौंभन्दा बढी किसिमको हुने तथा रोगहरुको लक्षणहरुलाई छुट्याई विभिन्न बाथहरुको नामाङ्कन र विशेषताहरुलाई हेरिने डाक्टर गुप्ताले बताए।
अहिलेसम्म सयाैंभन्दा बढी प्रकारकाबाथ रोग भएको पाइएको छ। कुन मानिसलाई कुनकिसिमको बाथ भएको हो, समयमै पत्तालगाई उपचारगर्ने गरिन्छ । हरेक बाथका आ– आफ्ना लक्ष्यण तथा कारणहरु हुने गर्छन्। बाथ रोगसँग लड्न प्रतिरोधात्मक प्रणालीका गडबडीले हुने गर्छ ।
अर्थात प्रत्येक मान्छे भित्र रोगसँग लड्ने एक किसिमको क्षमता हुन्छ तर यस रोगले त्यसकैविरुद्दमा शरीरलाई नै हानीकारक गर्ने असमाजिक तत्वहरु जसलाई एन्टीबडी भन्ने गछौ, त्यस्तो किसिमको तत्वहरुको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, र्जोनी र कार्टिलेजहरु ड्यामेज गर्ने गरेको डाक्टर गुप्ताले बताए। बाथ रोगको प्रतिकृयाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी शरीरलाई नै दुर्बल पार्ने गर्छ ।
समग्रमाभन्दा नेपालीहरुमा ज्यादा रुपमा युरीक एसीड बढेर हुने बाथ, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको छ। तीमध्ये कतिपय बाथ वंशानुगत पनि हुने गरेको डाक्टर गुप्ताले बताए।
डाक्टर गुप्ताकाअनुुसार बाथकुनै एक व्यक्तीविशेषलाई मात्रै हुने रोग होइन। यो नवजात शिशु देखि ८०—९० वर्षको उमेर सम्मका जुनसुकै उमेरका व्यक्तिलाई जुनसुकै बेलामा पनि हुनसक्छ ।
बाथहरुमध्ये साधारणतया बुझिने भाषामा भन्दा बढी हड्डी खाने बाथ हुन्छन् भने अरु मांशपेशी, छाला, आँखा, नसातथा शरीरको भित्रीअंगहरुलाई नै असर गरी उत्पन्नहुने बाथहरु पनि बाथ रोग हुने डाक्टर गुप्ताले भने । प्राय बाथका रोगीहामी सँग आउँदा दुखाईको समस्या सहित आउने गर्छन् । सबैमा हाडजोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ ।
बिरामीहरुमा बिहान उठ्दा हातका औला, जोर्नीहरु कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जामभए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ । शरीर झम झम गर्ने, मांशपेशी भित्र दुख्ने, ज्वरो आउने, कपालझर्ने, चिसो पानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा रातानिला सानासाना टाटाहरु आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदापुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने आदि हुन्छन् ।
उकालो–ओरालो गर्दा र भर्याङ् चढ्दा हड्डीहरु दुख्ने गर्छन् । ती एकै किसिमको बाथको आ–आफ्नो लक्षणहरु रहेको उनले बताए।
बाथ बाल–बालिका तथा सानै उमेरमा पनि लाग्ने गर्छ । कतिपय बाथहरुले वर्षौ पीडा दिइरहेका हुन्छन्, त्यसका बाबजुद पनि तिनले शरीरलाई घातै गर्नेगरी हानी गर्दैनन् ।
तर केही बाथहरुले केहीदिन, महिना र वर्षदिनभित्रै हड्डी बाङ्गिने र त्योसँगै मुटु, मृगौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पुर्याउँदछन् । तसर्थ बाथलाई हामीले हाडजोर्नी दुख्ने रोग मात्रभनेर पनिबुझ्नु हुदैन। यसले शरीरको कुनै अंगलाई आन्तरिक रुपमा क्षति गराइदिन सक्ने डाक्टर गुप्ताको भनाइ छ।