पछिल्लो समय माइग्रेनबाट पीडित हुने मानिसको संख्या ह्वात्तै बढेको छ। कुनै न कुनै उमेर समूहका मानिस यसबाट पीडित छन्। माइग्रेनका कारण टाउकोको आधा भाग ज्यादै नराम्ररी दुख्छ।
समयमै उपचार नगरेर हेलचक्रयाई गर्नाले यो रोगका बिरामीको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ। पुरुषको तुलनामा महिलाहरू बढी जसो माइग्रेनबाट पीडित छन्। धेरै जसो यसको दुखाई टाउकाको एकपट्टी अर्थात गर्धनको पछाडिको भाग (मस्तिष्क)मा हुने गर्दछ। चिकित्सकका अनुसार युवा वर्गहरु माइग्रेनबाट बढी ग्रस्त छन्।
यी कारणले तपाईँलाई माइग्रेन हुनसक्छ:
तनाव
माइग्रेन हुनुमा सबैभन्दा प्रमुख कारण तनावलाई मानिएको छ। जो व्यक्तिले बढी तनाव लिने गर्दछ उसलाई माइग्रेनको समस्या बढी हुने गर्दछ। यस्तै, लामो समयसम्म भोकै रहनु पनि माइग्रेनलाई निम्त्याउनु हो। यसका साथै मदिराको सेवन, मौसममा हुने परिवर्तन, चियाकफिको अधिक सेवन र अनिन्द्रा पनि माइग्रेन हुनुको कारण मानिएको छ ।
कम पानी पिउनु
तपाईँलाई यो थाहा नहुन सक्छ, पर्याप्त पानी नपिउनाले पनि माइग्रेनको समस्या हुन सक्छ। पानी हाम्रो शरीरका लागि ज्यादै आवश्यक हुन्छ। पानी कम पिउनाले अन्य धैरै किसिमका समस्यमा सिर्जना हुन्छ ।
गर्भनिरोधक औषधिको सेवन
गर्भनिरोधक चक्की खाने महिलामा विशेष गरी टाउको दुख्ने समस्या हुने गर्दछ। यो क्रम अलि लामो समयसम्म बढ्दै जाँदा यसले माइग्रेनको रूप धारण गर्न सक्ने चिकित्सकहरुले बताएका छन्। धेरै नै धूम्रपान गर्ने व्यक्ति र टाउको दुखेको बेला देखिने चम्किलो बस्तुले पनि माइग्रेन गराउन सक्छ।
भिटामिनको कमी
केही भिटामिनको कमीका कारण पनि, बच्चादेखि किशोर अवस्थाका ब्यक्तिलाई माइग्रेन हुन सक्दछ। आफूमा माइग्रेनको लक्षण देख्ने वित्तिकै जाँच गराउनु पर्दछ। माइग्रेनबाट पीडित अधिकांश किशोर तथा वयस्कमा भिटामिन डी, राइबोफ्लेबिन तथा कोइंजाम क्यू टेनको कमि हुने गर्दछ।
टाइट कपडा
ज्यादै चुस्त कपडा वा टाइट बेल्ट लगाउँदा पेट थिचिने हुँदा यसको असर टाउकोमा समेत पर्न जान्छ। धेरै समयसम्म यसरी पेटलाई थिचिन दिने हो भने कहिले काहीँ टाउको बेस्सरी दुख्छ। तसर्थ, जहिले पनि आफूलाई सजिलो हुने कपडा लगाउनु पर्दछ। एजेन्सीको सहयोगमा