केही रोग लाग्नेबित्तिकै हामी एलोपेथी अर्थात् आधुनिक उपचार पद्दतिको शरणमा जान्छौं । तर कयौं यस्ता पद्दति छन्, जसबाट पूराना र असाध्य रोगलाई ठीक गर्न सकिन्छ । यस्तै एक विधि हो म्याग्नेटिक थेरापी अर्थात् चुम्बकीय पद्दति । यस विधिद्वारा आजकाल विकसित देशमासमेत ठुला ठुुला रोगहरु सजिलै निको पार्ने गरिन्छ । यदि कमर दुख्ने या उच्च रक्तचापको समस्या छ भने म्याग्नेटिक थेरापीद्वारा सजिलै निको पार्न सकिन्छ ।
यो विधिद्वारा उपचार गर्दा कुनै पनि औषधि खानु पर्दैन, केवल चुम्बकको शक्तिद्वारा ठीक गर्न सकिन्छ ।
कसरी गरिन्छ ?
मानिसको जीवन र समग्र पृथ्वी नै चुम्बकीय शक्तिबाट सन्चालित हुन्छ । मानिसको रगतमा आइरन पाइन्छ, जो चुम्बकद्वारा आकर्षित हुन्छ । यसैले चुम्बकद्वारा उपचारपनि सम्भव हुन्छ । प्रकृतिमा जबर्जस्ती चुम्बकीय शक्ति हुन्छ, जसको प्रभाव हाम्रो शरीरमा पर्छ । यहीकारण परम्परागत रुपमा खाने, पिउने, बस्ने, उठ्ने, सुुत्ने सबै अलग–अलग दिशामा निर्धारण गरिन्थ्यो । तर त्यो परम्परालाई आजका पुस्ताले बिर्सदैं गएको छ । पश्चिमी मुुलुकमा भने चुम्बकीय थेरापीबाटै ठुुला रोगको उपचार गर्न थालिएको छ ।
कम्मरको उपचार
यदि कम्मरको माथिल्लो या तल्लो भागमा पीडा छ भने चुम्बकद्वारा उपचार गर्न सकिन्छ । माथिल्लो भागमा पीडा छ भने चुम्बकालाई उत्तरी ध्रुुवतिर लगाउनुपर्छ भने तल्लो भागमा पीडा छ भने चुम्बकलाई दक्षिणी धु्रवमा लगाउनुपर्छ । यदि कम्मरको अलग–अलग भागमा पीडा भइरहेको छ भने दायाँतर्फको पीडाका लागि उत्तरी ध्रूव र बायातर्फको पीडाका लागि दक्षिणी ध्रुुव लगाउनुपर्छ ।
उच्च रक्तचापको उपचार
उच्च रक्तचापको समस्या पनि चुम्बकीय विधिद्वारा सजिलै समाधान गर्न सकिन्छ । यसका लागि उच्च पावरको चुम्बकलाई ५–छ मिनेटसम्म आफ्नो हत्केलामा राख्नुपर्छ । यदि उच्च पावरको चुम्बक छैन भने मध्यम पावरको चुम्बकलाई १० मिनेटसम्म राख्न सकिन्छ । यदि रक्तचापको समस्या धेरै छ भने चुम्बकको चुरा बनाएर दैनिक १ घण्टासम्म लगाउन सकिन्छ । उच्च रक्तचापका लागि उत्तरी ध्रुुवको प्रयोग बढी ठीक हुन्छ ।
न्युन रक्तचापको समस्या
यदि न्युन रक्तचापको समस्या छ भने यसको उपचारपनि चुम्बकबाट गर्न सकिन्छ । यसका लागि आफ्नो दुवै हत्केलामा उच्चशक्तिवाला चुम्बक १५–२० मिनेटसम्म राख्न सकिन्छ या चुरा बनाएर १ घण्टा लगाउन सकिन्छ । न्युन रक्तचापका लागि दक्षिणी ध्रुुवको प्रयोग ठीक हुन्छ ।
यी सावधानी अपनाउनुस्
चुम्बकीय चिकित्सामा काठको कुर्सी प्रयोग गर्दा राम्रो परिणाम निस्कन्छ । यसमा बिहान खाली पेटको समय सबैभन्दा सही हुुन्छ । तर यो चिकित्साप्रयोगको आधा घण्टापछिसम्म चिसो चिजहरु जस्तै आइसक्रिम, फ्रिजको पानी सेवन गर्नुहुुन्न ।
खाना खाएलगत्तै चुम्बकीय चिकित्सा प्रयोग गर्नुहुुन्न ।
यदि यो चिकित्साबाट कुनै समस्या भएको महसुस भएमा तत्काल बन्द गर्नुपर्छ र चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । किनभने चुम्बकको गलत ध्रुुव चयन गरेको अवस्थामा पनि समस्या हुन सक्छ या शरीरको समस्याको ठीक कारण थाहा छैन भने पनि यस्तो हुन सक्छ ।