Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Tuesday, February 19, 2019 | मंगलबार, फागुन ७, २०७५
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • ग्लोबल
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • फोटोफिचर
    • भिडियो
Search here
स्वास्थ्य / जीवनशैली
  • गृहपृष्ठ
  • स्वास्थ्य / जीवनशैली
पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?
एजेन्सी
एजेन्सी काठमाडौं, ३ माघ
पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।

नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन।

ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एक चौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए।

ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

हालै सार्वजनिक गरिएको नेशनल सर्भे अफ सेक्सुअल एटिच्युड्स एण्ड लाइफस्टाइलका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ।

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।

अध्ययनका निष्कर्ष

अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए।

अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए।

झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।

महिला र पुरुषको समान चाहना

पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो।

उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।

झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ।

पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए।

सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्।

"प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।"

अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, "हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।

"यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौनसम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौनिक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ।"

उनले विद्यालयमा दिइने यौनशिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौनसम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन्।

के छ नेपालको अवस्था ?

नेपाल डेमोग्राफिक हेल्थ सर्भे २०१६  का अनुसार नेपालमा पहिलो यौनसम्पर्कको बेला महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ।

अधिकांश नेपालीहरूले विवाहपछि पहिलो यौनसम्पर्क राख्ने भएकाले महिलाको भन्दा पुरुषको औसत उमेर बढी भएको स्वास्थ्य मन्त्रालयको अध्ययनमा भनिएको छ।

पुरुषहरूले भने विवाहको ‍औसत उमेरभन्दा पहिलो यौनसम्पर्कको औसत उमेर एक वर्ष अगाडि भएबाट पुरुषले विवाह अगाडि नै यौनसम्पर्क राख्ने सो अध्ययनले देखाएको छ।

नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने अध्ययनले देखाएको छ।

सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ।

पहिलो यौन सम्पर्कका लागि सही समय

पहिलो पटक यौनसम्पर्क गर्नुअघि आफैँलाई यी प्रश्न गर्नुपर्छ

  • के राम्रो अनुभूति भएको छ?
  • के म आफ्नो साथीलाई प्रेम गर्छु?
  • के उनले पनि मलाई उत्तिकै माया गर्छन्/गर्छिन्?
  • के हामी यौनरोगबाट बच्न कन्डम प्रयोगबारे सल्लाह गरेर सहमतिमा पुगेका छौँ?
  • के गर्भाधानबाट बच्न हामीले साधनको जोहो गरेका छौँ?
  • के म यौन क्रियाकलापको कुनै पनि अवस्थामा 'भयो पुग्यो' भन्ने अवस्थामा छु र के हामी दुबैलाई त्यो ठिक लाग्नेछ?

यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौनसम्पर्कका लागि उचित समय भएको हुनसक्छ।

तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौनसम्पर्कका लागि समय नभएको हुनसक्छ।

  • के पहिलो यौनसम्पर्कका लागि साथीले दबाव दिएको अनुभूति भएको छ?
  • के मलाई यौनसम्पर्क राखिसकेपछि पश्चाताप हुनसक्छ?
  • के म साथीहरूले पहिलो यौनसम्पर्क राखिसकेकाले वा उनीहरूलाई सुनाउन यसबारे सोचिरहेको छु?
  • के मैले प्रेमी/प्रेमिका छुट्न सक्छन् भन्ने डरले यौनसम्पर्कबारे सोचेको हुँ?

साभार : बीबीसी नेपाली

प्रकाशित मिति: बिहीबार, माघ ३, २०७५, १२:११:००
एजेन्सी
एजेन्सी @agency
लेखकबाट थप
  • मादुरोको साथ छाड्न भेनेजुएलाका सेनालाई राष्ट्रपति ट्रम्पकाे आग्रह
  • म्यान्चेस्टर युनाईटेड एफ ए कपकाे क्वाटरफाइनलमा
  • जम्मु कश्मीरकाे पुलवामा फेरि झडप, मेजरसहित चारको मृत्यु
  • साउदी अरब र पाकिस्तानबीच २० अर्व डलरको सम्झौता
  • बीग बास लिगकाे फाइनलमा सन्दीप लामिछाने विकेटविहीन
  • स्पेनिस ला लिगाः मेस्सीकाे गाेलमा बार्सिलोनाको कठिन जित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
वर्षेनी तीन हजार कुष्ठरोगका नयाँ बिरामी थपिदैँ
वर्षेनी तीन हजार कुष्ठरोगका नयाँ बिरामी थपिदैँ
घाँटीमा हुने ८ समस्या, जुन हुन सक्छ थाइराइड क्यान्सरको संकेत
घाँटीमा हुने ८ समस्या, जुन हुन सक्छ थाइराइड क्यान्सरको संकेत
नर्सिङ पढाइमा पुरुषकाे आकर्षण कम
नर्सिङ पढाइमा पुरुषकाे आकर्षण कम
अब पुरुषका लागि गर्भनिरोधक  इन्जेक्सन, एकपटक लगाएर १३ वर्ष ढुक्क
अब पुरुषका लागि गर्भनिरोधक इन्जेक्सन, एकपटक लगाएर १३ वर्ष ढुक्क
८६ प्रकारका औषधिको आयात रोक्ने तयारीमा सरकार
८६ प्रकारका औषधिको आयात रोक्ने तयारीमा सरकार
देशभर  झन्डै ४९ हजार नर्स बेरोजगार
देशभर झन्डै ४९ हजार नर्स बेरोजगार
  • ताजा समाचार
  • ट्रेण्डिङ
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
नेकपाको सांगठनिक एकता : भावी नेतृत्व कसको पोल्टामा पार्ने भन्ने रस्साकस्सी
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
आइपुगे मणिपुरबाट उद्धार गरिएका १७९ नेपाली
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
चैत मसान्तभित्रै स्ववियु निर्वाचनः शिक्षामन्त्री पोखरेल
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
नेविसंघ सिरहाद्धारा बिरामीलाई फलफूल बितरण
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
मुस्लिम आयोगका प्रस्ताबित अध्यक्ष अन्सारीको नक्कली नागरिकता !
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
आइसीसी महिला विश्वकप छनोटमा नेपालकाे विजयी सुरूवात
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
अख्तियारद्वारा पाठकविरुद्ध अनुसन्धान शुरु
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान 1
भारतले रिहा गरेका मसुद अजहरले नै लिए कश्मीरमा ४० सुरक्षाकर्मीको ज्यान
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन् 2
मुक्तिनाथ अधिकारी, यदु गौतमहरुको हत्याको जिम्मेवारीबाट हिजोका एमाले नेताहरु पन्छिन पाउँदैनन्
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा 3
अपहरणमा परेकाे भन्दै आमासँग १५ लाख फिरौती माग्ने अजय प्रहरीको फन्दामा
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या 4
धनुषामा ११ वर्षीया बालिकाको बलात्कारपछि जलाएर हत्या
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’ 5
शेरबहादुर भन्छन्,‘मान्छे मार्ने हतियार बनाएर पाप गरें’
सूचना - प्रविधि थप
नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार नेपालले प्रयाेग गर्ने भू-उपग्रह तयार
विश्व रेडियाे दिवस मनाइँदै
काम नपाएर सुपर कम्प्युटर बनेपाकाे आईटी पार्कमै थन्कियाे
ग्लोबल थप
एनआरएनए नाइजेरियाले रक्तदान गर्दै एनआरएनए नाइजेरियाले रक्तदान गर्दै स्पेसखबर
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु
कुवेतमा हृदयघातबाट एक नेपालीको मृत्यु हरिकृष्ण न्यौपाने
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु
ह्रदयघातबाट चितवनका जीवनको कुवेतमा मृत्यु हरिकृष्ण न्यौपाने
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता माधव धिताल मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी) अास गुरूङ (लमजुङ)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP