घाँटी सुन्निने, खाना र पानी निल्न गारहो हुने समस्यालाई हामी सामान्य मानेर नजरअन्दाज गर्छौं । तर यदि यस्तो समस्या लामो समय रह्यो भने थाइराइड क्यान्सरको लक्षण हुन सक्छ । थाइराइ ग्रन्थी हाम्रो घाँटीमा हुन्छ, जसले शरीरका लागि आवश्यक हर्मोन रिलिज गर्छ । महिलामा थाइराइड क्यान्सर पुरुषको तुलनामा ३ गुणा बढी पाइन्छ । थाहा पाउनुस् थाइराइड क्यान्सरको सुरुवाती लक्षण कस्तो हुन्छ र कसरी रोक्न सकिन्छ ?
कस्तो हुन्छ थाइराइड क्यान्सरको लक्षण ?
१. घाँटीमा दुखाई र सुन्निनु
२. घाँटीको तल्लो भागमा छुँदा पनि दुख्नु
३. कमजोरी महसुस हुनु
४. पानी, खाना र थुक निल्न समस्या हुनु
५. शारीरिक परिश्रम गर्दा बढी थकान हुनु
६. महिलामा महिनावारीको समय सामान्यभन्दा बढी पीडा हुनु र महिनावारी चाँडो चाँडो हुनु
७. शरीर दुख्ने, खासगरी मांसपेशी जोर्नी दुख्ने
८. बारम्बार पाचन प्रक्रियासँग सम्बन्धित समस्या आउने
कस्ता मानिसलाई हुने सम्भावना हुन्छ ?
सामान्यत यो समस्या ३० वर्षभन्दा बढी उमेरका मानिसमा हुन्छ । युवा र बच्चामा हुने सम्भावना कम हुन्छ । यसका साथै यो रोग पुरुषको तुलनामा महिलाई ३ गुणा बढी हुन्छ । रेडियसन थेरापीको सम्पर्कमा आउने मानिसमा पनि थाइराइड क्यान्सर विकास हुने खतरा बढ्छ । यदि कुनै रोगका लागि रेडियसन थेरापी लिनुहुन्छ भने यसको खतराका बारेमा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । । यो रोग आनुवंशिक पनि हुन्छ ।
उपचार के हो ?
अल्ट्रासाउन्ड र थाइराइड स्क्यानमार्फत् यसको क्यान्सर तत्काल पत्ता लाग्छ । थाहा पाउन तत्काल अपरेशन गरेर ग्रन्थी निकालिन्छि । यसपछि तत्कल रेडियोएक्टिभ आयोडिन थेरापी दिइन्छ । थाइराइड क्यान्सरमा रेडियोथेरापी र किमोेथेरापी विधिको आवश्यकता निकै कम हुन्छ । थाइराइड क्यान्सर बिरामीलाई शल्यक्रियापछि रेडियो एक्टिभ थेरापी जरुरत हुन्छ ।
अपनाउनुस् सावधानी
थाइराइड क्यान्सर रोक्ने कुनै निश्चित तरिका छैन । यदि बच्चाको बेला गर्धनको आसपास रेडियोथेरापी दिइएको छ भने चिकित्सककहाँ नियमित जाँच गराउनुपर्छ । परिवारमा थाइराइड क्यान्सर भएको छ भने पनि चिकित्सकसँग नियमित जाँच गराइरहनुपर्छ ।