लामो आयु चाहनुहुन्छ ? पर्खनुुस् । अध्ययनहरूले ८० वर्षपछि मानिसको मृत्युुको खतरा घट्ने र १०५ वर्ष पुुगेपछि स्थिर हुने देखाएका छन् । इटालीमा १०५ वर्ष या त्योभन्दा बढी उमेरका ३ हजार मानिसमा गरिएको बाँच्ने दरसम्बन्धी अध्ययनमा यस्तो पाइएको हो । ६५ वर्ष या त्योभन्दा माथिको उमेरमा भने मृत्युहुने खतरा तीब्र रुपमा हुने अध्ययनले उल्लेख गरेको छ ।
८० वर्ष पुुगेपछि मृत्युको खतरा बिस्तारै घट्ने र १०५ वर्षपछि ‘प्लेटो’ अवस्थामा पुुग्ने अर्थात् स्थिर हुने देखिएको हो । ‘यो मानिसको बाँच्ने दरमा निरन्तर वृद्धि भएको संकेत हुन सक्छ’, अध्ययनमा भनिएको छ ।
संसारकै स्वस्थ जनसंख्या भएको इटालीमा यो अध्ययन गरिएकाले यसको निष्कर्ष भने अरु देशमा लागु हुन नसक्ने अध्ययनकर्ताहरूको भनाई छ ।
मानिसको आयु शारीरिक क्रियाकलाप, खानपान, धुुमपान, मदिरा सेवनजस्ता जीवनशैलीले पनि प्रभावित पार्छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार त्यहाँ १०० वर्षभन्दा माथिको जनसंख्या विगत एक दशकमा पैसठ्ठी प्रतिशतले वृद्धि भएको छ । अहिले बेलायतमा यो उमेरका मानिसको संख्या १४ हजार ५ सय ७० छ ।
अध्ययनअनुसार ५० वर्षको उमेर पुुगेपछि मृत्युु हुने खतरा ३० वर्षको उमेरको बेलाभन्दा ३ गुणा बढी हुन्छ । तर १०५ वर्षको उमेरपछि ‘रिस्क प्लेटो’ ५० प्रतिशत हुन्छ अर्थात् अर्को एकवर्ष बाँच्ने सम्भावना ५० प्रतिशत हुन्छ । उदाहरणका लागि कहिले संसारकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा जापानकी महिला ११७ वर्षकी छन् । उनी ११८ वर्षसम्म बाँच्ने सम्भावना ५० प्रतिशत हुन्छ । ११८ वर्षसम्म बाँचेको अवस्थामा उनी अर्को एक वर्ष बाच्ने सम्भावना ५० प्रतिशत हुन्छ ।
१९ औं शताब्दिभन्दा अघि मानिसको औसत आयुु ३० देखि ४० वर्ष थियो । तर प्रविधि र चिकित्साविज्ञानको चमत्कारिक विकासले २०१६ मा विश्वका मानिसको औसत आयु ७२ पुुगेको छ । फ्रान्सकी जाँ काल्मेन्ट नामकी महिलाले अहिलेसम्मकै सबैभन्दा बढी बाँच्ने रेकर्ड बनाएकी छन् । सन् १९९७ मा मृत्युु हुँदा उनको उमेर १२२ थियो ।