केन्द्र, प्रदेश र स्थानीय तहले बढाएका करको बिरोधमा नेपाली कांग्रेस सडकमा उत्रिएको छ। सरकारको कामको देशब्यापी बिरोध भइरहदा रुपन्देहीका कांग्रेसजनले शुक्रबार सडकमा उत्रिएर बिरोध गरेका हुन्।
बुटवलको अस्पताल लाइनमा भेला भएका कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरु नारा जुलुससहित उपमहानगरपालिका पुगेका थिए। उपमहानगरपालिकाको गेटमा केहीबेर प्रर्दशन गरेपछी नेताहरुले उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई कार्यकक्षमा गएर ज्ञापन पत्र बुझाएका थिए।
ज्ञापन पत्र बुझाउदै कांग्रेस नगर सभापति खेलराज पाण्डेले बहुमतको नाममा सहमति, सहकार्य र सरसल्लाहको संस्कृति त्यागेर उपमहानगरपालिका एकलौटी रुपमा अघि बढेको र जनताले थेग्नै नसक्ने गरी कर बढाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए।
उनले कांग्रेसको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए । ज्ञापनपत्र बुझदै नगर प्रमुख सुवेदीले दल, संघ सस्था वा नागरिक समाज कसैलाई उपेक्ष गरी सबैको सहयोगमा बिकास र समृद्धि अघि बढाइने बताए। करका सम्वन्धमा बाहिर हल्ला भएजस्तो बृद्धि नभएको र कहि कतै नमिलेको भए सच्याउन सकिने उनको भनाई थियो।