पार्टीलाई सुदृढ एवं व्यबस्थित वनाउन नेपाली कांग्रेस मोरङले शुुरु गरेको ‘जनताको घरमा नेता’ कार्यक्रमको पहिलो चरणको अभियान पूरा भएको छ।
कांग्रेसले क्षेत्र नम्बर ५ अन्तर्गतका जहदा गाउपालिका–२ स्थित भीमनगरमा एक कार्यक्रमको आयोजना गरी पहिलो चरणको अभियान सम्पन्न गरेको हो। अभियान अन्तर्गत जनताको घरघरमा गएर कांग्रेसका नेताहरुले उनीहरुका समस्या वुुझनेदेखि आवश्यक विकास निर्माणको लागि समेत सम्वन्धित निकायमा पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
पहिलो चरण अन्तर्गतको समापन कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सरकारले अनावश्यक रुपमा कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोमा आपत्ति जनाए । उनले नेपाली जनताले कर वढाउन संघीयता नल्याएको प्रष्ट पार्दै तत्काल कर घटाउनुुपर्नेमा जोड दिए।
नेता अर्याल कांग्रेसले जितेका स्थानीय तहमा कर घटाउन पार्टीले पहल शुुरु गरेको जानकारी गराए। मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बुले सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताए।
कार्यक्रममा बोल्दै धनपालथान गाउपालीकाका अध्यक्ष हरिलाल सिंह, कांग्रेस जिल्ला सचिव नागेश कोइराला, क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति दिलिप पोखरेल, कांग्रेसका नेता दिना मण्डल,राजेश गुप्ता लगायतले कांग्रेसले संचालन गरेको अभियानले कार्यकर्तामा उत्साह थपेको बताएका थिए।
क्षेत्र नम्बर ५ मा तीन महिनाअघि यो कार्यक्रम संचालन गरिएको थियो।