स्थानीय तह पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय तह पुर्नसंरचना आयोगको मर्म अनुसार स्थानीय तहले गति लिन नसक्दा समस्या आएको बताएका छन्।
पौडेलले अहिले तीनवटा तहले काम गरिरहेको भन्दै नेपालको शासन सत्ता त्यहीबाट सञ्चालनमा आएको बताएका हुन्। उनले अहिले सेवा प्रवाह गर्ने इकाईहरु स्थानीय तहमा नै गएकाले जनताको बढी भन्दा बढी सुविधा प्रवाह पाउनु पर्ने बताए।
रिपोर्टस क्लव प्रदेश ५ ले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा पौडेलले एकात्मक व्यवस्थाबाट संघीय संरचनामा गएका बेला यसको बुझाइमा समस्या भएको बताए।स्थानीय तहमा निर्माण गर्ने ऐन तथा नियमको विषयमा कतिपय संरचना संविधान सम्मत नभएकाले कतिपय बेलामा सर्वोच्चमा पनि कुरा जाने गरेको बताए।
अहिले स्थानीय तहमा लिइने कर र सेवाको विषयमा बढी चर्चा हुने गरेको भन्दै उनले २० वर्षसम्म चुनाव नभएको अवस्थामा विगतमा कर तिर्ने बानी हराउँदै गएकाले करको धेरै चर्चा भएको उनको तर्क छ।