पूर्व राज्यमन्त्री भरतकुमार शाहले आधिकांश स्थानीय तहले मनपरी ढंगबाट कर बृद्वि गरेर जनतालाई अनाबश्यक दुःख दिएको भन्दै गरीब ब्यक्तिलाई हेरेर कर निर्धारण गर्नुपर्ने बताएका छन्।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ मा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाहले जनहितका पक्षमा काम गर्छौं भन्ने कम्युनिष्ट सरकारले जनबिरोधी काम गरेको आरोप लगाए।
उनले बर्तमान सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई विकासको मुख्य जग मानेर काम गर्नुपर्ने बताए । प्राकृतिक चिकित्सा आयोग गठनका लागि संघीय संसदमा पहल भइरहेको पनि सांसद शाहले बताए।
कार्यक्रममा सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न र शुसासन कायम गर्न आफूहरुले पहल गर्दै आएको बताए।