नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले वर्तमान सरकारले ठूल्ठूला अपराधीलाई अनेक वहानामा आममाफी दिंदा दण्डहीनता बढेको बताएकी छन्।
धनगढी बिमानस्थलमा शुक्रबार बिहान संचारकर्मीहरुसंग कुरा गर्दै नेतृ राणाले कञ्चनपुर घटनाको प्रसंगमा यस्तो बताएकी हुन्।
मुलुकी ऐनले यस्तो वातावरण नबनोस् भनेर कठोर नियम ल्याए पनि कार्यान्वयन पक्ष र सरकारले गरेको न्याय सबैले हेरिरहेकोे बताउँदै उनले यस्ता गतिबिधिका कारण दण्डहिनताले प्रश्रय पाईरहेको र अपराधिकघटना बढेको बताइन्।
७ नम्बर प्रदेशमा सुरक्षाको संयन्त्र अझ प्रभावकारी बनाउँनुपर्नेमा जोड दिदै राणाले प्रहरीलाई उचित तालिम सहित साधन श्रोतको उपलव्धता गराउँदै सुरक्षा संयन्त्रलाई दरिलो बनाउनुपर्नेमा जोड दिइन्।