प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा नेकपाका सांसद कमलराज श्रेष्ठ चयन भएका छन्। श्रेष्ठ गुल्मीबाट निर्वाचित सांसद हुन्।
सोमवार संसद सचिवालयमा जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता बसेको बैठकले श्रेष्ठलाई समितिको सभापतिमा निर्वाचित गरेको हो।
सभापति श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका छन्। समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ।
समितिमा सभापतिसहित नेकपाबाट ६ जना, कांग्रेसबाट दुई , संघीय फोरम, राजपा र राष्ट्रिय जनमोर्चाबाट एक–एक सदस्य रहेका छन्। नेकपाबाट अम्मरबहादुर डाँगी, तेजबहादुर वली, पार्वती पुन, बाबुराम गौतम र हरिप्रसाद रिजाल सदस्य छन् भने कांग्रेसका तर्फबाट अष्टभुजा पाठक र फकरुद्धीन खान रहेका छ्।
यसैगरी, संघीय फोरमबाट सन्तोष पाण्डे, राजपा नेपालबाट कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी सदस्य छन्।