युवालाई रोजगार वा भत्ताकाको माग गर्दै नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगले जनकपुरमा प्रदर्शन गरेको छ । आइतबार जनकपुर स्थित गोपाल धर्मशालाबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उनीहरुले ४१ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
लिगका प्रदेश नम्बर २ का संयोजक गङ्गा महतोले मुख्यमन्त्रीका स्वकिय सचिव जितेन्द्र यादवलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझाउने क्रममा प्रदेश संयोजक महतोले बैदेशिक रोजगारलाई निरुत्साहित गरि आफ्नै माटोपानीमा रोजगारको व्यवस्था मिलाउन वा रोजगार बापतको भत्ता मिलाउन माग गरेका छन् ।
उनले ठुला उद्योग तथा कलकारखाना संचालकलाई विभिन्न बहानामा कर छुट गरि साना–मझौला र गरिब किसानलाई मारमा पार्ने गरि चर्को कर असुली नीति तत्काल खारेज हुनुपर्ने उनीहरुको माग छ ।
बिदेशी लगानी संरक्षण गर्न र साना लगानिकर्तालाई संरक्षण नगरी उत्पादित वस्तुहरुको उचित मुल्य नपाउने तथा बिक्री बितरणमा अवरोध सृजना हुनु सरकारी निकायमा हुने अस्तव्यस्तता अनियमितता तथा ठूलो मात्रामा आर्थिक चल्खेलका कारण नेपालमा सर्वसाधारण उद्योग व्यवसायी तथा कृषिमा लगानी गर्ने पछि हटिरहेकाले सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् ।
शिक्षाको पुर्ण दायित्व राजले लिनुपर्ने, निजि स्कुल तथा कलेज खारेज गर्नुपर्ने, बेरोजगारलाई रोजगारको व्यवस्था गर्नुपर्ने, लागू औषध दुर्व्यसनमा सन्लग्न युवालाई श्रमसङ्ग जोडेर समाजमा पुनस् स्थापना गर्नुपर्ने, बैदेशिक रोजगारलाई निरुत्साहित गरि देश भित्र रोजगारिको शृजना गर्नुपर्ने, प्रदेश २ का खेती योग्य जमिनमा सिचाईको व्यवस्था गर्नुपर्ने, प्रदेश भित्रका बन्द रहेका कलकारखानालाई तत्काल संचालनमा ल्याउनुपर्ने लगायतका ४१ बुदे माग सहितको ज्ञापनपत्र मुख्यमन्त्री कार्यालयमा बुझाएका छन् ।