पोखरा लेखनाथ महानगरपालिकाको हेरफेरका लागि महानगरले चर्कै मूल्य चुकाउनु पर्ने भएको छ । कार्यालयमा प्रयोग हुने लेटरप्याड, रसिद, भौचर लगायत कागजात, बोर्ड मात्र नभएर वेबसाइटमा समेत नाम फेर्दा ५० लाख रुपैयाँको हाराहारिमा खर्च हुने महानगर स्रोतले बताएको छ । ३३ वटै वडामा समेत हुने खर्च यसमा जोडिएको छ ।
तत्कालीन अवस्थामा लेखनाथवासीको भावनाको कदर गर्दै पोखरामा लेखनाथ थपेर महानगर बनाइएको थियो । तर सुरु देखि नै यो नाम लामो भएको र पोखरा नै सबैतिर चिनिएको भन्दै छोट्याउन माग गरिएको थियो ।
यसैबीच पोखरा महानगरको वेबसाइट पनि परिर्वतनभएको छ । सोमबार राजपत्रमाप्रकशित सूचनामा महानगरपालिकाको नाम परिवर्तन भई पोखरा महानगरपालिका कायम भएकाले सोही अनुसार महानगरपालिकाको नयाँ वेबसाइट www.pokharamun.gov.np सञ्चालन भएको प्रमुखप्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । साविकपोखरा लेखनाथमहानगरपालिकाको वेबसाइट www.pokharalekhnahmun.gov.np सञ्चालनमाथियो । पौडेलकाअनुसार नयाँ वेबसाइटमा महानगरपालिकाका सूचना तथा जानकारी प्रकाशन गरिने छ ।
पोखरा महानगरपालिकाकार्यालयबाट सम्प्रेषण हुने विभिन्न सूचनातथा निर्णय वेबसाइटमार्फत् सेवाग्राहीले हेर्न सक्ने महानगरका सूचनाअधिकारी गंगालाल सुवेदीले बताए । पोखरा महानगरपालिकाको आधिकारिक फेसबुक पेज www.facebook.com/pokharamun र twitter www.twitter.com/pokharamun मार्फत हानगरपालिकाले गुनासो सुन्ने, सूचनादिने तथामहानगरपालिकाबाट भएको विभिन्न कार्यक्रमको जानकारी गराउँदै आएको छ ।
पोखरा महानगरपालिकाको वेबसाइट मार्फत् सेवाग्राहीले महानगरपालिकाबाट प्रकाशनहुने सूचनातथा समाचार, बजेट तथा कार्यक्रम, योजनातथा परियोजना, कर तथाशुल्क, प्रतिवेदन तथा महानगरबाट प्रकाशित ऐन, कार्यविधि तथा निर्देशिका हेर्न सकिने सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । पोखरा महानगरपालिकाले २ वटा सामाजिक सञ्जालमार्फत् गुनासो सुन्ने तथा सूचना सम्पे्रषण गर्ने व्यवस्थामिलाएको छ । सामाजिक सञ्जालबाट प्राप्तगुनासो सम्बन्धितमहाशाखा र शाखासँगबुझी सूचनाअधिकारी मार्फत् गुनासोे सम्बोधन गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।