विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा निर्माणाधिन अवस्थामा रहेको बधशाला दुइवर्ष भित्र सन्चालनमा ल्याउने बताएका छन् । विराटनगर महानगरको आयोजना तथा हेफर इन्टरनेश्नल नेपालको सहकार्यमा आइतवार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मेयर पराजुलीले यस्तो बताएका हुन् । उनले आधुनिकरुपमा बधशालालाई सन्चालनमा ल्याउन अधितम प्रयासमा महानगर जुटिरहेको बताए ।
लामो समयदेखि निर्माण रोकिएको विराटनगर स्थित वार्ड नं ८ मा रहेको बधशाला निर्माणका लागि यस वर्ष १ करोड २० लाख रकम छुट्टाएको छ । थप बजेटका लागि प्रदेश सरकार संग रकम माग गरिएको तर सो रकम नआए आगामी आर्थिक बर्षमा चाहिने रकम छुट्टाएर भएपनि २ वर्ष भित्र व्यवस्थित बधशाला निर्माण गर्ने मेयर पराजुलीले दावी गरे।
कार्यक्रममा बोल्दै हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले उपभोक्ताहरुलाई गुणस्तर मासु उपभोग गर्ने बातावरण बनाउनु पर्नेमा जोडदिए । उनले विराटनगर महानगरपालिकामा बधशाला निर्माणका लागि हेफर इन्टरनेश्नल सहयोग गर्न तयार रहेको बताए ।
यस्तै डां बोधप्रसाद पराजुलीले विराटनगरमा निर्माण भएको बधशाला स्तरिय बन्ने दावी गरे। उनले यसका लागि आफुले पुर्णरुपमा श्रमसहयोग गर्ने बताए। त्यस्तै पूर्व सांसद प्रेम प्रसाद गिरी ,हेफरका कार्यक्रम प्रवन्धक दिपेश पोखरेल लगायतले स्वस्थ्यकर मासुका लागि बधशाला आबश्यक रहेको बताए। कार्यक्रमा प्रदेश नं १ का विभिन्न जिल्लामा मासुको खपत हुने अवस्थाको समेत जानकारी गराएको थियो । विराटनगर ,इटहरी ,दुहवीमा गरी दैनिक ५५ सय १४ केजी मासु खपत गरिने गरेको र जसका लागि २ सय ७५ वटा खसीबोका काटिने गरेको छ ।