प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले संघीयता महँगो भन्नु गलत भएको बताएका छन्।
संविधान दिवसको अवसरमा बुटवलमा अायाेजित कार्यक्रमलार्इ सम्बाेधन गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै संघीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने बताए।
उनले कामका आधारमा भन्दा सरकार सञ्चालनको ६ महिना नपुग्दै आलोचना शुरु हुने गरेको बताए। उनले तीन प्रतिशत रहेको आर्थिक वृद्धि दर वर्तमान सरकारले ६ प्रतिशतमा पुर्याएको बताउँदै आगामी वर्ष ८ प्रतिशतमा पुग्ने दाबी गरे।
समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने पुरानो चलन भएको भन्दै उनले गल्ती, हेलचेक्र्याइबाट हुने घटनालाई राज्यलाई जोड्नुभन्दा परिवार र समाज पनि सचेत हुनुपर्नेमा जोड दिए।