एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित प्रदेश बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागेको बताएका छन्।
पहिलो चरणमा मोरङ जिल्लावाट शुुरु भएको डिजिटल प्रहरी परिचालन प्रणालीको बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा शुभारम्भ गर्दै मुख्यमन्त्री राईले एक नम्वर प्रदेशमा शान्ति सुरक्षा र सुशासन कायमगर्न प्रविधि मैत्री प्रणालीको विकास आवश्यक रहेको वताए।
उनले प्रदेशको राजधानी लगायत छिमेकी मुलुकसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा सुदृढ बनाउन मोवाइल एप्स प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेकोसमेत वताए। उनले आफू विगत सात महिनामा प्रदेश सरकार आवश्यक संरचना तथा पूर्वाधार निमार्णमा लागेकाले अबको समय प्रदेशको समृद्धिमा लाग्नेमा जोड दिए।
उनले संघीय सरकार तथा स्थानीय सरकारको संरचना र ढाँचाहरु पहिलेदेखि नै बनेपनि प्रदेश सरकारको संरचना र कानुन तथा नीति नियम नबनेका कारण सहजरुपले काम गर्न नसकेको बताए।
कार्यक्रममा एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले नागरिकको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए। कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेस केशी, एक नम्बर प्रदेश प्रमुख डिआइजी केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।