नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले नेकपा कर्णाली प्रदेश संगठन कमिटीको सचिव पद अस्वीकार गरेका छन् । नेकपाकाे शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावबमोजिम
सबै प्रदेशमा नेताहरुलार्इ पार्टी जिम्मेवारी तोकेको हो। कर्णाली प्रदेश इञ्चार्जमा जनार्दन शर्मा र सहइञ्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन गरिएकाे थियाे ।
तर सचिव ताेकिएका शर्माले अाफूलार्इ नसाेधी उक्त पदमा राखेकाे भन्दै निर्णय नमान्ने घाेषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकबाट उनले पद अस्वीकार गरेकाे बताएका छन् ।