राज्यले प्रदान गर्ने सार्वजानिक सेवाहरुको अवस्थाका झल्काउने उदेश्यले नेपालगंजमा मंगलबार फोटो प्रदर्शनी गरिएकाे छ ।फोटाेकाे मार्फतबाट राज्यले प्रदान गरीने सार्वजानिक सेवाको बारेमा जानकारी दिने उदेश्यले सो फोटो प्रदर्शनी गरीएको हो ।प्रदर्शनीमा नेपालका ३४ वटा जिल्लाहरुको स्वाथ्य ,शिक्षा ,कृषि ,विपद संग सम्वन्धित फोटोहरु समावेश गरिएको थियो ।
फोटो प्रदर्शनीमा पुगेका नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोयानारायण सुवेदीले फोटोको माध्यमबाट आफुहरुलाई स्थानिय सरकारले गर्दै आएको सेवाको बारेमा स्पष्ट पारेको बताए । उनले भने, “फोटो आफै बोल्छ भने जस्तै प्रत्येक फोटोबाट हामीले हेर्ने बित्तिकै एउटा सन्देश पाउन सक्छौं” ।
एफएचआईको परियोजनाका उपप्रमुख सजना महर्जनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि फोटोको माध्यमबाट वकालत गर्न प्रदर्शनको आयोजना गरिएको बताईन ।
नेपालका ३४ वटा जिल्लाका सन्चालित पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक संघसंस्था तथा मिडियाको क्षमता अभिवृद्धिका माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा वकालत गरिरहेको छ ।
।
प्रदर्शनीमा ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुले खिचेका ४९ वटा फोटो प्रदर्शनमा राखिएको थियो । जसलाई बाँके जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधी, संचारकर्मी, शिक्षक तथा विद्यार्थीहरु गरी ३ सय बढिले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।