लेखा अधिकृतलाई झापड हान्ने भंगहा नगरपालिकाका मेयर संजीव साहलाई कारबाहीको माग गर्दै निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
मुद्दा दर्ता तथा कारबाही प्रक्रिया अगाडि नबढुन्जेलसम्मका लागि जिल्लाभरका कार्यालयमा आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पारेर कर्मचारहरू आन्दोलनमा उत्रिएका हुन्। मेयर साहले भंगाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई गत असोज १० गते झापड हानेका थिए।
उनीहरूले मेयर साहमाथि कारबाही प्रक्रिया अघि नबढेसम्म शुक्रवार र आइतवार कार्यालयका आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पार्ने बताएका छन्। त्यसपछि पनि माग सुनुवाई नभए सोमबार पनि कामकाज ठप्प पार्ने निजामती कर्मचारीहरूको आधिकारी ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादवद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
युनियनले जननिर्वाचित नगर प्रमुखले कर्मचारीमाथि अश्लील शव्दहरू प्रयोग गरी अभद्र व्यवहार गर्दै हातपात गरिनु दुःखद भएको जनाएको छ। कार्यालयमा हिसावका विषयमा विवाद भएपछि मेयर साहले लेखा अधिकृत अधिकारीलाई झापड हानेका थिए।