कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिनियाँ लगानीकर्तालाई कर्णालीको पूर्वाधार विकासमा लगानी गर्न आह्वान गरेका छन्।
साता लामो चीन भ्रमणबाट फर्किएका मुख्यमन्त्री शाहीले शनिबार सुर्खेतमा पत्रकार सम्मेलन गरि
हिल्सादेखि जमुनाह नाकासम्मको द्रुतमार्ग सञ्चालनका लागि चीन सरकारसँग समझदारी भएको समेत जानकारी दिए।
‘हिल्सादेखि जमुनाहा नाकासम्मको द्रुतमार्ग सञ्चालनका लागि प्रारम्भिक रुपमा संघीय सरकार र चाइना रेलवे कम्पनीसँग एमओयुमा हस्ताक्षर भएको छ।मुख्मन्त्री शाहीका अनुसार चिनियाँ लगानीकर्ताहरू लगानीका लागि उत्साहित देखिएका छन्।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आफ्नै एयरलाइन्स सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए। उनले भने, ‘चिनियाँ सरकारसँग ऋणका लागि कुरा पनि भएको छ, सम्भवत चीनले ऋण दियो भने हामी सञ्चालनमा ल्याउँछौ।’
प्रदेश सरकारले दुई वटा विमान खरिद गरी प्रदेशको भोगोलिक विकटता भएका जिल्लामा सञ्चालन गर्ने योजना बनाएको छ।