कैलाली गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश ७ को राजधानी बनाउने प्रदेशसभाको निर्णयविरुद्ध अस्थायी राजधानी धनगढीमा आन्दोलन चर्केको छ। यही विषयलाई लिएर प्रतिपक्ष दलका सांसदले समेत आइतबार प्रदशेसभा बैठक ठप्प पारे।
विज्ञहरुले वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालीन प्रभाव अध्ययनबिनै गरिएको निर्णयले वनसँगै जैविक मार्गसमेत मासिने खतरा बढेको छ।
विश्व वन्यजन्तु कोषसको सहयोगमा तेघरीमा जैविन विविधता र वातावरणको संरक्षणबारे सन् २००४ देखि काम हुँदै आएको छ। बाघ संरक्षणमा प्राप्त उपलव्धि जैविक मार्ग संरक्षणबाट सम्भव भएको हो।
सीमापारि भारतको दुदुवा नेसनल पार्कको बाघ तेघरी जंगलमा देखा पर्न थालेका छन्। केही समयअघि तराईको बाघ ब्रह्मदेब हुँदै डडेल्धुराको जोगबुढासम्म पुग्यो। त्यहाँ राजधानी बनाउँदा बाघ आहोरदोहोर गर्न लालझाडीसँग जोडिएको मोहना जैविक मार्ग मासिने कान्तिपुर दैनिकमा खबर छ।