विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ ।
विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ ।
उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरुपमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया एवम् सुझाव सङ्कलन कार्यक्रमका सहभागी सरोकारवालाले सबै किसिमले विराटनगर नै प्रदेश नं १ को स्थायी राजधानीका लागि उपयुक्त भएको निष्कर्ष निकालेका छन् ।
सहभागीले ऐतिहासिक, राजनीतिक र भौतिक संरचनालगायत सबै आधारमा स्थायी राजधानीका लागि विराटनगरको विकल्प नभएको बताए ।