प्रदेश एकको स्थायी राजधानी र नामाकरणबारे छलफल गर्न प्रतिपक्षी दल कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। प्रदेश राजधानी र नामबारे पार्टीभित्र एउटै धारणा बनाउन बिहीबारदेखि कांग्रेस संसदीय दलको बैठक विराटनगरमा सुरु भएको हो।
प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेश सदस्यहरुको राय बुझेर साझा धारणा बनाउन बैठक बसिरहेको संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए। प्रदेश एकमा कांग्रेसका २१ जना प्रदेशसभा सदस्य छन्।
प्रदशेको नामाकरण र स्थायी राजधानीका बिषयमा साझा धारणा वनाउन नेकपा संसदीय दलको बैठक पनि केही दिन यता जारी छ।