प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयले प्रदेश नम्वर १ को सदनमा आइतबार प्रबेश पाएको छ।
शुन्य समयमा वोल्दै प्रदेश सांसदहरुले सरकारका प्रशासनिक संरचना टुक्राउन नहुने भन्दै प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय चाँडै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस प्रदेश सांसद मोहम्द ताहिर मिँयाले मुलुक संघियतामा गइसकेको अवस्थामा जनतालाई सहज रुपले सेवा दिन एकै ठाउँमा प्रदेश संरचना हुनुपर्ने बताए। सांसद सरिता थापाले स्थायी राजधानी र नामाकरणको विषय टुंग्याउन ढिलाई गर्न नहुनेमा जोड दिइन्।
सांसद शान्ता पौडेलले विराटनगरका वजारमा ढकतराजुको नाममा ढुंगाा प्रयोग गरेर व्यापारीले उपभोक्तालाई ठगी गरेकोमा प्रदेश सरकारको ध्यानाकर्षण गराइन्।
नेकपाका सांसद बलबहादुर सामसुहाङले सांसदहरुले सदनमा बोल्दा संविधानको मर्म र भावना बिपरित अभिव्यतिm दिने उपर सभामुखको ध्यान जानुपर्ने औल्याए।
आइतबारको वैठकमा सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक ०७५ पेश भएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले सो बिधेयक पेश गरेका हुन्।
४४ दफा रहेको विधेयकमा प्रदेश खेलकुद बिकासका लागि खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम,कार्यायोजना बनाउने,खेलकुद पूर्वधारको निर्माण गर्न प्रदेश खेलकुद बिकास बोर्ड गठन,१४ वटै जिल्लामा खेलकुद विकास समिति निर्माण गर्ने लगायतका कार्यक्रम समावेश छ। विधेयकको सम्वन्धमा कांग्रेस सांसद ज्योति सुव्वा, विमल कार्की, विन्दिया कार्की, राजकुमार ओझा तथा सरिता थापाले वोलेका थिए।