सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुँदैछन्।
कञ्चनपुर क्षेत्र नम्बर ३ 'क' बाट विजयी सांसद रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरी आजै सपथ ग्रहण गराइने जनाइएको छ।
रावलसँगै अब सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय हुने भएको छ। यो मन्त्रालयमा बैतडीका मायादेवी भट्ट मन्त्री छन्।