प्रदेश नम्बर एकको १ सय १८ स्थानियतहमा वितिय तथा वैंक शाखा विस्तार गरिएकाे छ।
संघिय संरचना अनुुसार सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिएपछि प्रदेश एकको १ सय ३७ स्थानिय तह मध्ये १ सय १८ वटा स्थायिनतहमा वैंकको शाखा विस्तार भएको हो ।
अब प्रदेशका १९ वटा स्थानियतहमा मात्र वैंकको शाखा विस्तारगर्न बाँकि रहेको छ । एक नम्वर प्रदेशमा १४ वटा जिल्ला पर्दछन् ।नेपाल राष्ट्र वैंक अनुुसन्धान विभागले विराटनगरमा मंगलबार आयोजना गरेको संघिय संरचनामा आर्थिक गतिविधि सम्वन्धि अन्तर्क्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायममुकायम निर्देशक हिमप्रसाद न्यौपानका अनुसार भाद्र मसान्त सम्म ११८ वटा स्थानीय तहमा बैंकको साखा विस्तार भएको बताए ।
२०७४ असार मसान्त सम्म १३७ मध्ये ५८ वटा स्थानीय तहमा मात्र बैंकका साखा विस्तार भएका थिए । तर चालु आर्थिक बर्षको अहिले सम्म ६० वटा स्थानीय तहमा नया“ शाखा स्थापना भएका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्देशक न्यौपानेले एक नम्वर प्रदेशको ३ वटा बाहेक अन्य स्थानीय तहमा बैंक स्थापनाकालागि प्रकृया सुरु भएको छ । ३ वटा स्थानीय तहमा भने भौगोलिक समस्याका कारण बैंकको साखा खोल्नेकार्य सुरु भएको छैन् ।
१सय १८ स्थानी तहमा बैंकको शाखा विस्तार भएपनि सबै मानिसको बैंक खाता भने छैन् । प्रदेश १ मा ग्रामिण क्षेत्रमा सरदर ८ प्रतिशत्त व्यक्तिको बैंक खाता छ भने बजार क्षेत्रमा ६० प्रतिशत व्यक्तिको बैंक खाता रहेको कार्यक्रममा जानकारी गराइयो ।
महिलाहरुले वैंकमा खाता खोल्ने क्रम वढेपनि १९ प्रतिशत महिलाहरुको वैंक खाता एकाउन्ट संचालनमा रहेका छनभने ४७ प्रतिशत पुुरुषहरुको एकाउन्ट खाता संचालनमा रहेको कार्यक्रममा जानकारी गराइयो ।
राष्ट्रबैंकले गरेको प्रक्षेपण अनुसार एक नम्वर प्रदेशमा प्रतिव्यक्ति आय १०२४ अमेरीकी डलर छ । तर समग्र देशको प्रतिव्यक्ति आय भने १००४ रुपैया मात्र छ । सात प्रदेश मध्ये प्रदेश नम्बर ३ मा सबै भन्दाबढी प्रतिव्यक्ति आय सरदर १५३४ डलर छ । प्रदेश १ प्रतिव्यक्ति आयमा दोस्रो स्थानमा छ भने प्रदेश ७ को सरदर प्रतिव्यक्ति आय ६६० डरलर मात्र छ ।