प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोग छिट्टै गठन हुने बताएका छन्।
राष्ट्रिय योजना आयोगले बिराटनगरमा बुधबार आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना, अनुगमन मुल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा मुख्यमन्त्री राईले एक नम्वर प्रदेशमा दशै अघि आवश्य संरचना तयार हुने र त्यसपछि सरकारले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि वढने जानकारी गराए।
स्थानीय सरकार विकासको जग भएको भन्दै उनले प्रदेश सरकार भवन र संघीय सरकारले छानोका रुपमा रहेर काम गर्नुपर्ने उनको भनाई थियो।
प्रदेशको बजेट तथा प्रदेशसंरचनाको निमार्णसंगै नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको मुख्यमन्त्री राईले बताए।
उनले वजेट तथा निति तथा कार्यक्रम कार्यान्वयका लागि तीन तहको सरकारवीच सहकार्य र समन्वयमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले स्थानीय र प्रदेश सरकारलाई थप प्रभावकारी वनाउन सकेमात्र दिगो विकासको लक्ष्य प्राप्त हुने उल्लेख गरे।
उनले तथ्याङक बैकको अभावमा पुर्वाधार निर्माणमा सबैभन्दा वढी समस्या हुने गरेको जानकारी गराए।