राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मँगलबार राष्ट्रपति भण्डारीसँग भएको उक्त भेटवार्ताको क्रममा प्रदेश २ को समसामायिक पक्षका बिषयमा कुराकानी भएको प्रदेश प्रमुख कायस्थका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले जानकारी दिएका छन् ।
प्रदेश २ का साँस्कृतिक एवं धार्मिक स्थलहरुको भ्रमण, दलित एवं विपन्न वर्गको उत्थान, प्रदेश प्रमुखको कार्यालयलाई मर्यादित एवं ब्यवस्थित बनाउने र प्रदेश संचालनमा आइरहेका समस्याहरुका बिषयमा कुराकानी भएको बताईएको छ ।