नेपाली कांग्रेसले फरक-फरक दलको सभामुख र उपसभामुख हुनु पर्ने भन्दै उच्च अदालत तुलसीपुरमा रिट दायर गरेको छ।
नेपाली कांग्रेस प्रदेश नम्बर ५ की सांसद रिना नेपाल विकले अदालतमा सभामुख र उपसभामुखक फरक/फरक दलको हुनु भन्दै बुधबार बुटवल इजलाशमा रिट दायर गरेकी हुन् । पटक पटक संसदमा कुरा उठाएपनि सत्तापक्षले सुनाई नगरेपछि रिट दायर गरेको उनले बताइन् ।
रिटमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्ण बहादुर घर्ति, उपसभामुख कृष्णी थारु र प्रदेश सभा सचिबालयलाई बिपक्षी बनाई रिट दायर भएको उच्च अदालत तुल्सिपुर बुटवल इजलाशका रजिष्टार ठगेन्द्र कट्टेलले बताए।
अधिबत्ता कृष्ण पोखरलले संविधानको मर्म र भावना विपरित कार्य भएकोले संविधानको सहि कार्यानयनका लागि रिट दर्ता भएको स्पषट पारे। प्रदेश सभामा पटक पटक सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने संवैधानिक व्यवस्था भएपनि सुनुवाई नभएपछि न्यायको खोजीमा अदालत पुग्नु परेको कांग्रेस संसदीय दलका नेता वलदेव शर्मा पोखरेलले बताए।