नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल वर्तमान सरकारका कारण ’ल्याडलक’ बाट ’ल्याडलिङ्क’ मुलुकका रुपमा रुपान्तरण भएको दावी गरेका छन् ।
उनले वलियो सरकारका कारण ईन्डियालक मुलुक अव मल्टीलिङ्कका रुपमा अघि बढेको पनि बताए । नेकपाले शनिबार बुटवलमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै प्रचण्डले नेपाल अव भुपेरिवेष्टिक मुलुक नरहेको पनि दावी गरे ।
उनले जमिनवाट, अकाशवाट तथा पानी र रेलवाट पनि विश्वसंग जोडिएको दावी गरे । नेपाल अब ‘ल्यान्ड लक्ड कन्ट्री नरहेको तर्क गर्दै उनले चीनसँगको पारवाहन सम्झौंतापछि नेपाल ‘ल्याण्ड लिंक्ड कन्ट्री’ बन्ने दावी गरे ।
उनले अब सरकारको कामलाई तीव्रता दिनुको विकल्प नभएको समेत बताए । सरकार गठनपछिको केही समय अप्ठेरो रहेको भन्दै अब सजिलो परिस्थिति आएकाले सरकार फूलडोजमा काम गर्ने दावी गरे ।
‘त्यतिबेला वर्षाको बेला थियो, पिच गर्न नि नपाइने । अरु काम गर्न पनि अप्ठेरो, त्यसैले सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाउनुर्पयो,’ उनले भने,’ अब मौसम फेरिएको छ । अब गाडी २,३ नम्बर गियर हिड्छ ।
उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरे प्रचण्डले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको बताए ।
हालले अबको युग विकासको युग भएको समेत बताए । सरकारले काम गर्न सकेन भनेर र विभिन्न विवाद देखाएर प्रतिक्रियावादीहरुले तिललाई पहाड बनाएको आरोप लगाए ।