नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले, अव वस्ने महासमितिको वैठकपछि काँग्रेसले नयाँ विचारका साथ संगठित भएर अघि वढने बताएका छन् ।
मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा अाइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्त शर्माले काग्रेसको आवश्यक व्यवस्थापनका लागि नेतृत्व तह एकतावद्ध भएर अगि वढनु पर्नेमा जोडदिए ।
उनले नेपाली काँग्रेसको चाहना पाँच वर्षसम्म यही सरकार संचालन होस भन्ने रहेको भन्दै जनताको हितमा सरकारले काम गर्नु पर्नेमा समेत जोड दिए ।
कार्यक्रममा वोल्दै काँग्रेस केन्द्रीय सदस्य गगन थापाले संविधान कार्यान्वयन र संघीयता व्यवस्थापन नै अहिलेको प्रमुख चुनौती रहेको बताए ।
विगतको निर्वाचनको पराजयवाट पाठ सिकेर काँग्रेसले आफूलाई परिमार्जन गर्दै जानुपर्ने थापाकाे भनार्इ थियाे।उनले संविधान प्रति असन्तुष्ट व्यक्त गर्ने पक्षलाई समेटेर अगि वढन सरकारलाई आग्रह समेत गरे ।
अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले दुई तिहाईको वहुमतको सरकारले जन चाहना अनुसार काम गर्न नसकेको आरोप लगाए ।
उनले मुलुकमा शान्ति सुरक्षाको अवस्था दयनिय रहेको , मंहगी वृद्धि भएकोले जनतामा नैरस्यता छाएको बताए।
नेपाली काँग्रेस रतुवामाई नगरसमितिका अध्यक्ष जीवन पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, नेका केन्द्रीय सदस्य डा. डीला संग्रैला, राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी, प्रदेशका नेकाँ सचेतक केदार कार्की,पूर्व मन्त्री दीलिप गच्छदार,नेका मोरङ सचिव मोदराज घिमिरे पार्टी एकतामा जोडदिए ।