तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको गुनासो गर्न थालका छन्।
अधिकांश सांसदले सचिवालयले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन्। प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरेको छ। तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरेको छ।
बझाङबाट प्रतिनिधित्व गरेकी समानुपातिक सांसद आशाकुमारी विश्वकर्माले काठमाडौंको बसाइ महँगो र सांसद भएर खर्च धान्नुपर्दा थप संकट भएको बताउनुभयो। ‘टाढाको बाटो पर्छ, जिल्ला आउन जान नै धेरै भाडा लाग्छ, नजाँदा पनि आएन भनेर जनताको गुनासो सुन्नुपर्छ’, विश्कर्माले भने– ‘कि त जनताको सम्पर्कबाहिर बसेर केही पनि मतलब छैन भन्नुप-यो नभए उहाँहरुको दुःखेसो र समस्या सुन्नुप–यो।’ विश्वकर्माजस्तै धेरै सांसदले बिरामी भएर अस्पतालमा आएका, घर जान भाडा नभएका वा अन्य समस्याले पिरोलिएकाको व्यथा सुल्झाउनु पर्ने हुन्छ। नेपाल समाचार पत्र दैनिकमा खबर छ।