राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका महासचिव मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।
अाइतबार काठमाडाैमा अायाेजित साक्षात्कार कार्यक्रममा उनले छठ लगतै पार्टीको केन्द्रीय कार्य समिति बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।
संविधान संसोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हालसम्म पनि त्यसतर्फ सरकारले कुनै चासो नदेखाएकाे भन्दै असुन्तुष्टि व्यक्त गरे ।सरकारले संघीयता कार्यान्वयन र सुशासनतर्फ समेत ध्यान नदिएको भन्दै उनले सरकारको कार्यशैलीको आलोचना समेत गरे ।