मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिंदै आएकोमा सरकारले आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकका निर्णय लुकाएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको करिब चार घण्टा लामो मन्त्रिपरिषद् बैठकका निर्णय गुपचुप राखिएको छ। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बैठकले महत्वपूर्ण निर्णय गरेको बताए पनि के निर्णय भयो त्यो भने सार्वजनिक गरेनन्।
प्रवक्ता बाँस्कोटाले भने,'पत्रकार साथीहरु आज मन्त्रिपरिषद बैठक अलि लामो समयसम्म बस्यो। धेरै विषयमा छलफल भयो। आवश्यक निर्णय गरिएको छ। र समयक्रममा तपाईंहरुले थाहा पाइहाल्नु हुनेछ। आजलाई यत्ति नै।'
सार्वजनिक चासोका बिषयमा सरकारले गरेका निर्णय सार्वजनिक नगरी गोप्य राखिनुलाई सूचनाको हकसम्बन्धी कानुन विपरित मानिएको छ।