प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त भएका छन्।
आइतबार राति बसेको मन्त्रिपरिषदको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्टराई प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित भएका थिए। भट्टराई नेपाल भारत प्रबुद्ध समूह (इपीजी) का सदस्य पनि हुन्।
यसअघि भट्टराई नेकपाकै बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनको विदेश मामिला सल्लाहकार भएर काम गरेका थिए।