प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन्।
आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको हो। भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष हुन्। भण्डारी यसअघि ओली प्रधानमन्त्री हुँदा पनि प्रमुुख स्वकीय सचिवका रुपमा काम गरेका थिए।
अब सञ्चारमन्त्रीसँग हरेक साता सञ्चार भेटघाट
सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तर्क्रिया गर्ने तयारी भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तर्क्रिया हुनेगरी तयारी भएको जानकारी दिए। अन्तर्क्रिया सम्भवतः हरेक बिहीबार हुनेछ।
‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो,’उनले भने।