प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने ६ जना नेवि संघका कार्यकर्ता पक्राउ परेका छन् ।
सोमवार साँझ जनकपुरस्थित रामानन्द चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने क्रममा नेवि संघका धनुषा सभापति सुजित मिश्रसहित ६ जनलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादव समेत पक्राउ परेका छन् ।
काभ्रेस्थित दशरथ माविका नेवि संघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै नेवि संघ धनुषाले सोमबार प्रधानमन्त्री ओलीको पुतला दहन गर्ने कार्यक्रम राखेको थियो ।
सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको कार्टुन शेयर गरेको भन्द्र प्रहरीले ढकाललाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।