नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड साेमबार बिहान म्याग्दीको तातोपानी पुगेका छन् । पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहमा अध्यक्ष परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् ।
बेनीनगरपालिका-४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु तातोपानीमा नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
अध्यक्ष प्रचण्डसँग जीवन संगिनी सीता दाहालसहित, छोरी गंगा दाहाल स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ रहेका छन् । अध्यक्षका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा पनि तातोपानी गएकी हुन् ।