मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ।
सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ।
आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने बताएका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ।