नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेलाई गृहजिल्लामै कालोझण्डा देखाइएको छ।
जिल्ला समन्वय समितिले मंगलबार आयोजना गरेको क्षेत्र विकास कोष सम्बनधी कार्यक्रममा सहभागी हुन जाने क्रममा सांसद आलेलाई कालोझण्डा देखाइएको हो।
आलेले प्रतिनिधि सभा निर्वाचनका दौरान अाफूले जिते डोटीको दिपायललाई प्रदेशको राजधानी बनाउने भन्दै भाेट मागेका थिए। तर, सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएपछि सांसद आलेप्रति डोटीबासी आक्रोशित भएका छन्।
झुटो बोलेर झुक्याएको भन्दै सांसद आलेलाई कालोझण्डा देखाइएको स्थानीयहरुले बताएका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आलेले कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई पराजित गरेका थिए।