सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रदेश प्रमुखको कार्यालयमा मंगलबार अपरान्ह प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्यमन्त्री त्रिलोचन भट्टले नवनियुक्त मन्त्री सुवेदीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
पदीय मर्यदाविपरीत गतिविधि गरेको भन्दै मुख्यमन्त्री भट्टले मंगलबार दिउँसो मात्रै सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका थिए।
सोडारीलाई बर्खास्त गरे लगत्तै मुख्यमन्त्री भट्टले नेकपाकै निर्देशनमा सुवेदीलाई मन्त्रीमा नियुक्त गरेका थिए।